National life

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, के–के भयो निर्णय ?

विभिन्न मन्त्रालयहरूको संगठन संरचना र दरबन्दीहरू स्वीकृत गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३२ असार २०८३, बिहिबार
3.1kShares
मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, के–के भयो निर्णय ?
ncell

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले विभिन्न विषयमा निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत सात वटा मुख्य निर्णय सार्वजनिक गरेका छन् । ती निर्णयहरू विभिन्न प्रशासनिक, नीतिगत तथा समसामयिक विषयसँग सम्बन्धित रहेको जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको बताइएको छ ।

यस्ता छन् बैठकका निर्णयहरू :

१. अनुचित लेनदेन(मिटरव्याज) बाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न र वार्ता अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय , वार्ता टोलीमा अर्थ, गृह, भूमि व्यवस्था, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिवहरू सदस्य रहने ।

२. रु १ र रु २ का नयाँ डिजाइनका सिक्काहरू टकमरी गर्नका लागि नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने ।

३. ’नेपाल कानुन सूचना पाइलट प्रणाली’ स्थापना गर्नका लागि कोरिया सरकारबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने ।

४. संरक्षित क्षेत्रभित्रका राष्ट्रिय वन क्षेत्रमा थप रुख र पोलहरू हटाउनुपर्ने भएमा, प्रचलित कानुनी प्रक्रिया पुरा गरी सम्बन्धित मन्त्रालयले नै स्वीकृति दिन सक्ने ।

५. विभिन्न मन्त्रालयहरूको संगठन संरचना र दरबन्दीहरू स्वीकृत गर्ने

६. ’नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) पहिलो संशोधन अध्यादेश, २०८३’ स्वीकृत गर्ने

७. सेवा करारमा कार्यरत रहेका कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी आवश्यक व्यवस्था स्वीकृत गर्ने ।

यो समाचार शेयर गर्नुहोस्
3.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?