National life

कारभित्र मृत भेटिएकी रिजालको सीसीटीभी फुटेज फेला

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१० साउन २०८३, आइतबार
1KShares
कारभित्र मृत भेटिएकी रिजालको सीसीटीभी फुटेज फेला
ncell

काठमाडौं । तारकेश्वर–१ कालेबासे चुनीदेवीस्थित बालुवा प्रशोधन केन्द्र नजिक कारभित्र मृत अवस्थामा भेटिएकी रश्मी रिजालको घटनाबारे प्रहरीले नयाँ तथ्य फेला पारेको छ। घटनास्थल आसपासका सीसीटीभी फुटेजमा उनको अन्तिम गतिविधि कैद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फुटेजमा रिजाल आफैंले चलाएको गाडीको अगाडिको सिटबाट ओर्लिएर पछाडिको सिटमा सरेको देखिन्छ। केही समयपछि सोही गाडीबाट धुवाँ निस्कन थालेको दृश्य पनि रेकर्ड भएको छ।

Royal Enfield
nic asia capital

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रारम्भिक रूपमा कुनै शंकास्पद गतिविधि वा तेस्रो पक्षको संलग्नता देखिएको छैन। घटनाबारे थप स्पष्ट जानकारी भने पोस्टमार्टम रिपोर्टपछि मात्र आउने जनाइएको छ।

नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा कार्यरत ४५ वर्षीया रिजाल ८ साउन साँझदेखि सम्पर्कविहीन भएकी थिइन्। भोलिपल्ट दिउँसो उनको प्रयोगमा रहेको बीएई ०४१० नम्बरको विद्युतीय कारभित्र जलेको अवस्थामा शव फेला परेको थियो। पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?