National life

सानीमा क्यापिटल्सकी कर्मचारी गाडीमा मृत फेला प्रकरणः परिवारले उठायो शंका, अनुसन्धान जारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१२ साउन २०८३, मङ्गलबार
734Shares
सानीमा क्यापिटल्सकी कर्मचारी गाडीमा मृत फेला प्रकरणः परिवारले उठायो शंका, अनुसन्धान जारी
ncell

काठमाडौं । सानीमा क्यापिटल्समा कार्यरत ४५ वर्षीया रश्मी रिजाल काठमाडौँको तारकेश्वर नगरपालिका–१ स्थित एक स्थानमा आफ्नै गाडीभित्र मृत अवस्थामा फेला परेकी थिइन् । उनी शुक्रबार बिहानदेखि हराएकी थिइन् भने शनिबार गाडीको पछाडिको सिटमा मृत अवस्थामा भेटिएकी थिइन् ।

बीएई ०४१० नम्बरको विद्युतीय कारभित्र उनी जलेको अवस्थामा भेटिए पनि गाडीमा ठूलो क्षति देखिएको छैन। शरीरमा पनि धेरै जलन नदेखिएकाले घटना सुरुमा रहस्यमय देखिएको थियो।

Royal Enfield
nic asia capital

प्रहरीका अनुसार घटनास्थल वरपरको सीसीटीभी फुटेजले उनी आफैँ गाडी चलाएर त्यहाँ पुगेको देखाएको छ। गाडी रोकेपछि उनी पछाडिको सिटमा सरेर सिसा बन्द गरी पेट्रोल छर्केर आगो लगाएको निष्कर्ष प्रहरीको छ।

प्रहरीले बन्द सिसाका कारण आगो फैलिन नसकेको र अक्सिजनको अभावसँगै जलनका कारण मृत्यु भएको अनुमान गरेको छ। परिवारलाई पनि उक्त फुटेज देखाइएको प्रहरीले जनाएको छ।

रिजाल नुवाकोट घर भई हाल काठमाडौँमा बस्दै आएकी थिइन्। हराएको निवेदनपछि प्रहरीले खोजी गर्दै जाँदा शंकास्पद अवस्थामा पार्क गरिएको गाडी भेटिएको थियो।

पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइएको छ भने परिवारले घटनाको निष्पक्ष छानबिन र आवश्यक कारबाहीको माग गर्दै जाहेरी दिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
734SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?