National life

रौतहटमा युवकको आत्मदाह प्रयास, ३१ प्रतिशत शरीर जलेको अवस्था

आत्मदाह प्रयासको कारण अज्ञात, प्रहरीले सुरु गर्‍यो अनुसन्धान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३१ असार २०८३, बुधबार
765Shares
रौतहटमा युवकको आत्मदाह प्रयास, ३१ प्रतिशत शरीर जलेको अवस्था
ncell

रौतहट । रौतहटको गरुडा नगर क्षेत्रमा एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे उक्त प्रयास गरेका हुन्। घटना लगत्तै उनलाई उपचारका लागि स्थानीय अस्पताल पुर्‍याइएको थियो।

प्रहरीका प्रवक्ता नायब उपरीक्षक बसन्त गौतमका अनुसार उनको घाँटीदेखि तलसम्म करिब ३१ प्रतिशत भाग जलेको छ र स्वास्थ्य अवस्था मध्यम रहेको छ।

Royal Enfield
nic asia capital
प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको छ।

घटनाको कारण अझै खुलेको छैन भने प्रहरीले यसबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
765SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?