National life

२५ लाख धरौटीमा रिहा भए माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ रिमाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१३ साउन २०८३, बुधबार
786Shares
२५ लाख धरौटीमा रिहा भए माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ रिमाल
ncell

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

गत साउन ७ गते पक्राउ परेका रिमाललाई प्रहरीले आज विशेष अदालतमा थुनछेक बहसका लागि पेश गरेको थियो । अदालतका अनुसार २५ लाख रुपैयाँ धरौटी राखेर तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने गरी उनलाई रिहा गरिएको हो ।

विशेष अदालतमा दर्ता भएको मुद्दा नं ०८२-CR-०१४५ मा इजलासले धरौटी मागेपछि रिमालका परिवारले नगद धरौटी बुझाएर उनलाई घर लगेका छन् ।

Royal Enfield
nic asia capital

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं महानगरपालिका–७ सिफलबाट उनलाई पक्राउ गरेको थियो । रिमालविरुद्ध सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा चलाइएको छ ।

मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो ।

यस प्रकरणमा रिमालले प्रयोग गरेको २५ लाख रुपैयाँको स्रोतबारे थप अनुसन्धान हुने सम्भावना रहेको जनाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
786SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?