National life

साउनदेखि लाइसेन्स महँगो : आवेदनदेखि नवीकरणसम्म शुल्क वृद्धि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१६ असार २०८३, मङ्गलबार
1.3kShares
साउनदेखि लाइसेन्स महँगो : आवेदनदेखि नवीकरणसम्म शुल्क वृद्धि
ncell

काठमाडौं । बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन वा नवीकरण गर्न चाहने सेवाग्राहीका लागि आगामी आर्थिक वर्षदेखि थप आर्थिक भार पर्ने भएको छ।

प्रदेश सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी लाइसेन्स सम्बन्धी सम्पूर्ण शुल्कमा शतप्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै लाइसेन्स प्राप्त गर्ने तथा नवीकरण गर्ने प्रक्रिया पहिलेभन्दा दोब्बर महँगो हुने भएको छ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक विधेयकमार्फत लाइसेन्स आवेदन, नवीकरण र वर्ग थप शुल्कमा भारी वृद्धि गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आवेदन र नवीकरण शुल्क बढ्यो : कुन समूहले कति तिर्नुपर्ने ?

नयाँ व्यवस्थाअनुसार अब लाइसेन्सका लागि आवेदन दिँदा नै पहिलेको तुलनामा दोब्बर दस्तुर बुझाउनुपर्नेछ । जसअनुसार आवेदन शुल्क ५०० रुपैयाँबाट वृद्धि गरी १ हजार रुपैयाँ पुर्याइएको छ ।

यस्तै मोटरसाइकल, स्कुटर (ए वर्ग) तर्फ लाइसेन्स र नवीकरण शुल्क १ हजार ५ सयबाट वृद्धि गरी ३ हजार रुपैयाँ पुर्याइएको छ।

कार, जिप, भ्यान (बी वर्ग), टेम्पो (सी वर्ग) र पावर ट्रिलर (डी वर्ग) तर्फ २ हजारबाट वृद्धि गरी ४ हजार रुपैयाँ पुर्याइएको छ भने ट्रयाक्टर (ई वर्ग) र मिनीबस/मिनी ट्रक (एफ वर्ग) तर्फ २ हजार ५ सयबाट वृद्धि गरी ५ हजार रुपैयाँ पुर्याइएको छ ।

जी, एच, आई र जे वर्ग (ट्रक, बस, लहरी, रोडरोलर, डोजर, क्रेन, दमकल, लोडर, एक्साभेटर, ब्याकहो लोडर, ग्रेडर) तर्फ ३ हजारबाट वृद्धि गरी ६ हजार रुपैयाँ पुर्याइएको छ।

यसबाहेक आफूसँग भएको लाइसेन्समा नयाँ वर्ग थप गर्न चाहनेहरूका हकमा पनि शुल्क बढाइएको छ । जसअनुसार ए देखि एफ वर्गसम्मको हकमा ५ सयबाट १ हजार रुपैयाँ र जी देखि जे वर्गसम्मको हकमा १ हजारबाट २ हजार रुपैयाँ पुर्याइएको छ ।

शुल्कमा उल्लेख्य वृद्धि गरिए पनि लाइसेन्सको वैधता अवधि भने हालको १० वर्ष नै कायम राखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?