National life

नाफा घटे पनि साना किसान लघुवित्तको लाभांश क्षमता बलियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१५ साउन २०८३, शुक्रबार
925Shares
नाफा घटे पनि साना किसान लघुवित्तको लाभांश क्षमता बलियो
ncell

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार खुद नाफामा कमी आए पनि संस्थाको वित्तीय आधार, लाभांश क्षमता र कर्जा व्यवस्थापन सन्तोषजनक देखिएको छ।

समीक्षा अवधिमा लघुवित्तले ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ८७ करोड ५० लाख रुपैयाँको तुलनामा २५.३६ प्रतिशतले कम हो।

Royal Enfield
nic asia capital

यस अवधिमा खुद ब्याज आम्दानी १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँबाट घटेर १ अर्ब २७ करोड ३९ लाख रुपैयाँमा झरेको छ। सञ्चालन मुनाफा पनि १ अर्ब २७ करोड रुपैयाँबाट घटेर ९३ करोड रुपैयाँमा सीमित भएको छ।

यद्यपि, सञ्चित नाफा र नियमनकारी समायोजनका कारण संस्थाको लाभांश वितरण गर्ने क्षमता अझै बलियो देखिएको छ। असार मसान्तसम्म कुल वितरणयोग्य नाफा १ अर्ब ६४ करोड ८४ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा ३३ रुपैयाँ ४६ पैसा कायम भएको छ, जसले आगामी दिनमा आकर्षक लाभांश दिन सक्ने संकेत गर्छ।

वित्तीय सूचकहरूमा पनि सुधार देखिएको छ। संस्थाको चुक्ता पूँजी ४ अर्ब ३१ करोड रुपैयाँबाट बढेर ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ४ अर्ब ३३ करोड २८ लाख रुपैयाँ कायम भएको छ।

लघुवित्तले साना किसान तथा सहकारी क्षेत्रमा प्रवाह गरेको कर्जा ३४ अर्ब ३० करोड रुपैयाँबाट बढेर ३५ अर्ब ३९ करोड २९ लाख रुपैयाँ पुगेको छ। साथै, कुल सम्पत्ति पनि ४१ अर्ब ५० करोड रुपैयाँबाट बढेर ४१ अर्ब ९९ करोड २४ लाख रुपैयाँ पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
925SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?