National life

सरकारी कार्यालयमा निवेदनको ढाँचा अब देशभर एउटै हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२७ साउन २०८३, बुधबार
1KShares
सरकारी कार्यालयमा निवेदनको ढाँचा अब देशभर एउटै हुने
ncell

काठमाडौं । सरकारी कार्यालयमा निवेदन पेस गर्दा देखिँदै आएको ढाँचा र प्रक्रियासम्बन्धी अन्योल हट्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचा एकरूप बनाउने व्यवस्था लागू गरेको हो।

कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको छ।

नयाँ मार्गदर्शन लागू भएपछि नागरिकले फरक–फरक सरकारी कार्यालयमा निवेदन दिँदा कार्यालयअनुसार छुट्टाछुट्टै ढाँचा अपनाउनुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
देशभर सरकारी कार्यालयमा निवेदन पेस गर्ने प्रक्रियामा समानता कायम हुने कार्यालयले जनाएको छ।

मार्गदर्शनले सार्वजनिक सेवा प्रवाहलाई थप सरल, सहज र नागरिकमैत्री बनाउने लक्ष्य राखेको छ। साथै, परम्परागत कागजी प्रक्रियालाई क्रमशः डिजिटल माध्यम, अनलाइन प्रणाली तथा मोबाइल एपमा रूपान्तरण गर्न समेत यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सरकारले यस्तो व्यवस्थामार्फत सरकारी सेवा प्रवाहमा सहजता ल्याउनुका साथै डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै ‘डिजिटल नेपाल’को अवधारणालाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?