काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बुधबार डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
शंकर ग्रुपका अध्यक्षसमेत रहेका अग्रवाल लामो समयदेखि फरार सूचीमा थिए। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अदालतमा पेश गर्ने तयारी भइरहेको सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्बेदीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार अग्रवालमाथि बैंकिङ कसुरसम्बन्धी गम्भीर आरोप लागेको छ र थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने छ।



































