काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा लडेर घाइते भएका छन्। केही दिनअघि बाथरुममा चिप्लिँदा उनको दायाँ हात भाँचिएको जानकारी प्राप्त भएको छ।
निकट स्रोतका अनुसार उपचारपछि उनी स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
पूर्वप्रधानमन्त्री देउवा पछिल्लो समय हङकङमा बस्दै आएका छन्।
उनी कहिलेकाहीँ पत्नी डा. आरजु राणा देउवासँग देखिने गरेका छन्।
उनी उपचारका लागि यसअघि सिंगापुर पुगेका थिए र त्यहाँबाट थप उपचारका लागि हङकङ गएका थिए।






























