National life

अब उजुरी आएको १ घण्टाभित्रै प्रतिक्रिया दिनुपर्ने व्यवस्था लागू

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०६ साउन २०८३, बुधबार
801Shares
अब उजुरी आएको १ घण्टाभित्रै प्रतिक्रिया दिनुपर्ने व्यवस्था लागू
ncell

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा सेवाग्राहीका उजुरीहरू तत्काल सम्बोधन गर्न कडा निर्देशन जारी गरेको छ। विभागले मातहतका सबै निकायलाई परिपत्र गर्दै उजुरी वा निवेदन प्राप्त भएको १ घण्टाभित्रै प्रतिक्रिया दिनुपर्ने व्यवस्था लागू गरेको जनाएको हो।

श्रम तथा रोजगार कार्यालय तथा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई पठाइएको निर्देशनमा, पीडितले दिएको उजुरी कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले ढिलाइ नगरी तुरुन्तै सम्बोधन गर्नुपर्ने उल्लेख छ। विगतमा हेल्लो सरकार, मन्त्रालय वा विभागमार्फत आएका गुनासो समयमै समाधान नभएको, सेवाग्राहीसँग दुर्व्यवहार भएको तथा न्याय दिन ढिलाइ भएको भन्दै गुनासो बढेपछि यस्तो कदम चालिएको हो।

Royal Enfield
nic asia capital

निर्देशनअनुसार उजुरी प्राप्त भएको एक घण्टाभित्रै आवश्यक पहल गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्नेछ। यदि विषय सम्बन्धित कार्यालयको अधिकारक्षेत्रभित्र नपर्ने भएमा तत्काल सेवाग्राहीलाई जानकारी गराउँदै सम्बन्धित निकायमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, श्रमिकका गुनासोमा सम्बन्धित प्रतिष्ठानसँग समयमै प्रतिक्रिया लिन, श्रम कानुनअनुसार वार्ता गराउन र वार्ताबाट समाधान नभएमा कार्यालयले छिटो निर्णय गर्नुपर्ने उल्लेख गरिएको छ। श्रम अदालत वा कार्यालयबाट भएका निर्णयहरू पनि समयमै कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

विभागले हेल्लो सरकारमार्फत प्राप्त गुनासोहरू समाधान गरेपछि त्यसको जानकारी पनि यथाशीघ्र गराउनुपर्ने स्पष्ट पारेको छ।

यो समाचार शेयर गर्नुहोस्
801SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?