काठमाडौं । सिरहामा बिहीबार बिहानदेखि सुरु भएको प्रदर्शन क्रमशः उग्र बन्दै जाँदा जिल्लाको अवस्था तनावपूर्ण बनेको छ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको छ भने भीड नियन्त्रणका लागि प्रयास जारी छ।
यसै क्रममा सिरहाको गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरिएको छ, जसबाट ठूलो क्षति भएको अनुमान गरिएको छ।
प्रहरीले हाल अवस्था नियन्त्रणमा लिन सक्रिय रूपमा परिचालन भइरहेको जनाएको छ।


































