National life

रिलिजअघि नै स्पाइडरम्यानको क्रेज, नेपालमा एड्भान्स टिकट बिक्री उत्साहजनक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१३ साउन २०८३, बुधबार
1.3kShares
रिलिजअघि नै स्पाइडरम्यानको क्रेज, नेपालमा एड्भान्स टिकट बिक्री उत्साहजनक
ncell

काठमाडौं । बहुप्रतीक्षित हलिउड फिल्म ‘स्पाइडरम्यान : ब्रान्ड न्यू डे’ ले नेपालमा प्रदर्शनअघि नै उत्साहजनक व्यापार गरेको छ, जहाँ एड्भान्स टिकट बिक्रीले बलियो सुरुवातको संकेत दिएको छ ।

बिहीबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मले बुधबार मध्यान्हसम्म देशभर २ करोड ६८ लाख रुपैयाँ बराबरको टिकट बिक्री गरिसकेको छ । आइतबारसम्मका शोहरूका लागि समेत उल्लेख्य संख्यामा टिकट अग्रिम बुक भइसकेका छन्, जसले दर्शकको उच्च चासो देखाउँछ ।

नेपालमा विगतदेखि नै लोकप्रिय रहेको स्पाइडर–म्यान श्रृंखलाको यो नयाँ संस्करणले अघिल्ला भागहरूको कमाइलाई उछिन्ने अनुमान गरिएको छ ।

Royal Enfield
nic asia capital
टम हल्यान्ड अभिनित यस फिल्मप्रति युवा दर्शकको विशेष आकर्षण देखिएको छ ।

वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले फिल्मलाई देशभरका ५२ हलमार्फत प्रदर्शनमा ल्याउँदैछ । कम्पनीकी कार्यकारी निर्देशक विपश्याना श्रेष्ठका अनुसार फिल्मप्रति सुरुबाटै सकारात्मक उत्साह देखिएको थियो, जसअनुसार एड्भान्स बिक्री पनि सशक्त रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत फिल्मले उच्च ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । डेडलाइन हलिउडका अनुसार ‘ब्रान्ड न्यू डे’ ले विश्वव्यापी रूपमा ४६५ मिलियन अमेरिकी डलरसम्मको डेब्यू कलेक्सन गर्न सक्ने अपेक्षा गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?