काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयले अध्ययन बिदाको प्रयोग र संस्थाको नाममा रहेको जग्गाको अवस्थाबारे विस्तृत छानबिन अघि बढाएको छ। यसका लागि विश्वविद्यालयले अलग–अलग दुई समिति गठन गरेको जनाएको छ।
कार्यकारी परिषद्को निर्णयअनुसार अध्ययन बिदाको दुरुपयोग भएको विषयमा अनुसन्धान गरी प्रतिवेदन बुझाउने जिम्मेवारी प्रा.डा.
त्यसैगरी, विश्वविद्यालय तथा आंगिक क्याम्पसको नाममा दर्ता भएको र प्रयोगमा रहेका जग्गाको वास्तविक अवस्था पहिचान गर्न प्राध्यापक यज्ञराज पाठकको नेतृत्वमा अर्को समिति बनाइएको छ।
आंगिक क्याम्पसबाट प्रदान गरिने १० प्रतिशत छात्रवृत्ति वितरणलाई थप पारदर्शी र व्यवस्थित बनाउन व्यवस्थापन संकायका डीन केशवराज भट्टको संयोजकत्वमा कार्यविधि तयार पारिएको विश्वविद्यालयले जानकारी दिएको छ।
यससँगै, विश्वविद्यालयअन्तर्गतका विभिन्न केन्द्रीय विभागका शैक्षिक तथा प्रशासनिक भवन निर्माणका लागि विद्युतीय बोलपत्र आह्वान गरिएको छ। ती विभागमा मानविकी तथा सामाजिकशास्त्र, शिक्षाशास्त्र, सामान्य विज्ञान, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि र कानुन समावेश छन्।
विश्वविद्यालयका अनुसार उपकुलपति प्रा.डा. किशनदत्त भट्टले जिम्मेवारी सम्हालेपछि सुशासन, पारदर्शिता र संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै यस्ता निर्णयहरू कार्यान्वयनमा ल्याइएको हो।































