National life

सुदूरपश्चिममा राजनीतिक तनाव: मुख्यमन्त्री शाहद्वारा एमालेका मन्त्रीहरू बर्खास्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३१ असार २०८३, बुधबार
842Shares
सुदूरपश्चिममा राजनीतिक तनाव: मुख्यमन्त्री शाहद्वारा एमालेका मन्त्रीहरू बर्खास्त
ncell

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेबाट सरकारमा रहेका मन्त्रीहरूलाई पदबाट हटाएका छन्।

यसअघि मुख्यमन्त्री शाहले एमालेसँग सरकारमा रहने वा बाहिरिने विषयमा छिटो निर्णय दिन आग्रह गरेका थिए। उक्त आग्रहपछि एमालेभित्र आन्तरिक छलफल जारी रहेको थियो। उता, एमालेको समर्थन नपाए विकल्प के हुने भन्ने विषयमा मुख्यमन्त्री पक्षले पनि परामर्श गरिरहेको थियो।

Royal Enfield
nic asia capital

एमालेबाट सहयोग नआउने संकेत पाएपछि मुख्यमन्त्रीले आफ्ना सरकारमा रहेका एमाले मन्त्रीहरूलाई बर्खास्त गर्ने निर्णय गरेका हुन्।

दुई दलबीचको विवाद मुख्यतः आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित थियो। एमालेले खर्च कटौती गर्ने प्रस्ताव अघि सारेको थियो भने मुख्यमन्त्रीले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। तर एमाले त्यसमा सहमत हुन तयार देखिएको थिएन।

असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक समयसीमा नजिकिँदै गर्दा गठबन्धनभित्रको मतभेदले सरकारलाई थप दबाबमा पारेको थियो।

यो समाचार शेयर गर्नुहोस्
842SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?