National life

एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१० साउन २०८३, आइतबार
846Shares
एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे
ncell

काठमाडौं । नेकपा (एमाले)का नेता ठाकुर गैरेले पार्टीको केन्द्रीय कमिटी बैठक हालसम्म बस्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टी रूपान्तरणमा पूर्वअखिलको भूमिका विषयक कार्यक्रममा बोल्दै गैरेले गत फागुन २१ गते भएको निर्वाचनपछि हालसम्म केन्द्रीय कमिटी बैठक बस्न नसकेको उल्लेख गरे ।

उनले निर्वाचनको समीक्षा गर्नसमेत बैठक बस्न नसक्नु कम्युनिष्ट पार्टीका लागि विडम्बनापूर्ण अवस्था भएको टिप्पणी गरे ।

उनले भने,‘फागुन २१ मा चुनाव भएको हो ।

Royal Enfield
nic asia capital
आज साउनको १० मा छौं । एमाले जस्तो पार्टीको केन्द्रिय कमिटी हुन सकेको छैन । बैठक बसेर किन चुनाव हार्यौं भनेर समीक्षा गर्नुपर्नेछ । तर यो भन्दा बिडम्बना कम्युनिष्ट पार्टीको जीवनमा के हुन सक्छ ?’

त्यसैगरी, गैरेले वर्तमान सरकारको कार्यशैलीप्रति पनि आलोचना गरे । उनले सरकारले नेपाल–भारत सीमा सम्बन्धी विषयमा नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोजिरहेको आरोप लगाए ।

साथै, प्रधानमन्त्रीले संसदमा नेपालले भारतको भूमि मिचेको विषय उल्लेख गरेको दाबी गर्दै त्यसबारे सरकारले स्पष्ट जवाफ नदिएको बताए ।

शिक्षा क्षेत्रको विषय उठाउँदै गैरेले भारतमा आन्दोलनका कारण शिक्षामन्त्रीले राजीनामा दिएको उदाहरण प्रस्तुत गरे । नेपालमा भने एमबीबीएसको प्रश्नपत्र चुहावट भएको घटनापछि शिक्षामन्त्रीले राजीनामा दिनुको सट्टा कार्यदल गठन गरेर घटनालाई ढाकछोप गर्न खोजिएको आरोप लगाए । उनले सरकारले उक्त प्रकरणबाट उम्किन प्रयास गरिरहेको दाबी गरे ।

उनले भने, ‘भारतमा भइरहेको आन्दोलनले शिक्षामन्त्रीले राजीनामा दिनुपर्यो । त्यो शिक्षा क्षेत्रको एउटा मागको विषयले हो । नेपालमा पनि एमबीबीएसको प्रश्नपत्र लिक भएको छ, शिक्षामन्त्रीले राजीनामा दिनुको सट्टा कार्यदल बनाएर ढाकछोप गर्न खोज्दैछ, सरकार उम्किन खोज्दैछ ।’

यो समाचार शेयर गर्नुहोस्
846SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?