काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको छ।
सम्बन्धित निकायले उनको सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे शंका लागेपछि अनुसन्धान अघि बढाउँदै पक्राउ गरेको जनाएको छ। उनी हाल प्रहरी नियन्त्रणमा राखिएका छन्।
पौडेल पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला त्यहीँबाट नियन्त्रणमा लिइएको बताइएको छ।
अहिले उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।
उनीविरुद्धको अनुसन्धानलाई तीव्र बनाइएको स्रोतले जनाएको छ।





































