National life

हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२४ साउन २०८३, आइतबार
924Shares
हात्तीपीडितलाई  दुई करोड क्षतिपूर्ति
ncell

झापा। झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रुपैयाँ दुई करोडबराबरको क्षति भएको छ। डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई एक करोड ९९ लाख ९० हजार ६८६ रुपैयाँ राहत वितरण गरेको हो।

कार्यालयका अनुसार हात्तीको आक्रमणबाट यस अवधिमा छ जनाको मृत्यु भएको थियो भने १७ जना सख्त घाइते भएका थिए। मृतकका परिवारलाई जनही १० लाखका दरले ६० लाख र सख्त घाइतेलाई रु २६ लाख ६० हजार ८६२ राहत दिइएको कार्यालय प्रमुख नथुनी गोइवार यादवले जानकारी दिए।

Royal Enfield
nic asia capital

त्यस्तै, १५ पशुधनमा क्षति पुगेबापत एक लाख ५० हजार, १९१ वटा भण्डारण गरेको अन्नको क्षति भएबापत १५ लाख २० हजार २६४, २६८ घरगोठमा क्षति भएबापत ४२ लाख ५४ हजार ५६० र अन्नबालीको क्षति भएबापत ५४ लाख पाँच हजार क्षतिपूर्ति वितरण गरिएको कार्यालयले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
924SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?