National life

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, पेपर लिकविरुद्ध कडा कानुन ल्याउने मोदीको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|०८ साउन २०८३, शुक्रबार
1KShares
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, पेपर लिकविरुद्ध कडा कानुन ल्याउने मोदीको घोषणा
ncell

काठमाडौं । भारतीय अभियन्ता सोनम वाङचुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरेका छन् ।

मेडिकल कलेज प्रवेश परीक्षालगायत विभिन्न राष्ट्रिय परीक्षाका प्रश्नपत्र चुहावटका घटनापछि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै उनी गत जुन २८ देखि अनशनमा बसेका थिए ।

images

बिहीबार अबेर राति सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ५९ वर्षीय वाङचुकले विभिन्न पक्षबीच भएको लामो वार्ता र देशमा सम्भावित हिंसात्मक अवस्था रोक्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने निर्णय गरेको बताएका हुन् । उनले अनशन तोड्न पुगेका सहमतिका सर्तहरूबारे छुट्टै भिडियोमार्फत सार्वजनिक गर्ने जानकारी दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वाङचुकको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट नियन्त्रणका लागि कडा कानुनी व्यवस्था ल्याउने प्रतिबद्धता व्यक्त गरेलगत्तै आएको हो।

मोदीले भिडियो सन्देशमार्फत प्रश्नपत्र चुहावटमा संलग्नलाई फास्ट–ट्र्याक अदालतबाट शीघ्र कारबाही गर्ने कानुनी व्यवस्था ल्याउने तयारी भइरहेको र यस विषयमा शुक्रबार मन्त्रिपरिषद्मा छलफल हुने बताएका छन्।

प्रधानमन्त्री मोदीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको नाम नलिए पनि प्रश्नपत्र चुहावटका घटनाले लाखौँ विद्यार्थीको भविष्यसँग खेलवाड भएको स्वीकार गर्दै यसलाई गम्भीर अपराधका रूपमा लिने संकेत दिएका छन्।

मेडिकल कलेज प्रवेश परीक्षाको प्रश्नपत्र चुहावटपछि लाखौँ विद्यार्थी पुनः परीक्षा दिन बाध्य भएका थिए। त्यसपछि शिक्षामन्त्रीको राजीनामा माग गर्दै आन्दोलनरत युवा नेतृत्वको ककरोच जनता पार्टी (सीजेपी) लाई समर्थन जनाउँदै वाङचुक अनशनमा बसेका थिए।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?