National life

तीनकुनेबाट प्रसाईँ समर्थक धमाधम पक्राउ २६ जना प्रहरी नियन्त्रणमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ मंसिर २०८०, शुक्रबार
543Shares
तीनकुनेबाट प्रसाईँ समर्थक धमाधम पक्राउ २६ जना प्रहरी नियन्त्रणमा
ncell

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ।

प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट अहिलेसम्म २६ जना बढीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

तीनकुनेबाट पक्राउ पर्नेमा राप्रपामा आवद्ध पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित २६ जना छन् । पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, मिना शाही ठकुरी, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, नवराज अधिकारी, तेज नारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी प्रकाउ परेको छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसै सोही स्थानबाट प्रहरीले  सुजन खड्का, गगन थापा, गणेश पराजुली, उमेश आलेमगर, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरि थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यमकुमाार मैनाली, हरिप्रसाद दाहाल, दिलबहादुर घिसिङ, धन शिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र साबित्रा क्षेत्री लाई प्रकाउ गरेको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रदर्शनमा सहभागी हुन तीनकुने आउन लागेका प्रसाईंलाई भक्तपुरस्थित घरमा नै रोकेको छ । जिल्ला प्रशासनसँग समन्वय गरेर कार्यक्रम स्थल यकिन गरेपछि मात्र प्रसाँईलाई काठमाडौँमा आउन दिने गरी घरमा निगरानीमा राखिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठले बताइकी छिन् ।

प्रसाईंले समुहले जिल्ला प्रशासनको अनुमतिबिना दोस्रो दिनपनि प्रदर्शन थालेपछि प्रहरीले धमाधम प्रकाउ गर्न थालेको हो ।

यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?