काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्टा्रर कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजसलाले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनु भनी कम्पनी रजिस्टारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुबै पक्षलाई २५ मंसिरमा छलफलमा बोलाएको छ ।
उच्च अदालत पाटनको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए पनि अब तत्कालै सेयर नामसारी नहुने भएको छ ।

































