National life

ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास गृह तयार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० भदौ २०८०, आइतबार
516Shares
ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास गृह तयार
ncell

काठमाडौं । काठमाडौं उपत्यकामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवासगृह तयार भएको छ । ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनाइएको आवास गृह आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका छन् ।

प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक रहेको छ । भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत हुने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा यिनै भवनमा बस्न पाउनेछन् । करिब ८५ करोड रुपैयाँ लागतमा यी भवन तयार भएका हुन् ।

यी भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुख आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्नेछन् । हाल प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा बस्ने गरी सरकारले अपार्टमेन्टमा भाडामा लिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?