National life

गृह श्रमिकबारे बहुसरोकारवालाको बैठक काठमाडाैंमा सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
443Shares
गृह श्रमिकबारे बहुसरोकारवालाको बैठक काठमाडाैंमा सम्पन्न
ncell

काठमाडाैं । होमनेट साउथ एसियासँगको समन्यव एवं श्रम तथा सामाजिक अध्ययन केन्द्र नेपालको संयोजनमा मंगलबार गृह श्रमिकको सन्दर्भमा बहुसरोकारवालाहरुको बैठक सम्पन्न भएको छ।

काठमाडाैंको हात्तिसारमा भएको कार्यक्रममा घरमा बसेर सिलाइ, बुनाइ एवं हस्तकलासम्बन्धी काम गरी आफ्नो जीविकोपार्जन गरिरहेका श्रमिक १९.२ प्रतिशतको हाराहारीमा रहेको एक सर्वेक्षण सार्वजनिक गरिएको छ। अझ विशेषगरी महिलाहरु गृह श्रमिकको रुपमा कार्यरत यस क्षेत्रमा राज्यको ध्यान पुग्न नसकेको सर्वेक्षणले देखाएको छ।

Royal Enfield
nic asia capital

स्वरोजगार रही राज्यलाई सघाई रहेका यी वर्गको हकहितका लागि विशेष नीति नहुनु, श्रम मन्त्रालयबाट छुट्टै विभाग नतोकिनु एवं गृह श्रमिकको सहि तथ्यांक उपलब्ध नभएकोले राज्य यसतर्फ गम्भीर भएर आवश्यक नीति–नियम बनाई गृह श्रमिकको मुद्दा सम्बोधन गरोस भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटी, जेटीयूसीसी र जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, गृह श्रमिक सरोकार समाज नेपाल अध्यक्ष प्रभा पोखरेलको सहभागिता थियो।

यो समाचार शेयर गर्नुहोस्
443SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?