National life

जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर छोराको मृत्यु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ भदौ २०८०, आइतबार
530Shares
जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर छोराको मृत्यु
ncell

काठमाडौँ । चितवनमा जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर एकजनाले ज्यान गुमाएका छन् । चितवनको माडी नगरपालिका-३ धोबहामा स्थानीय कृषक शिवनारायण महतोले जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर उनकै छोरा २६ वर्षीय धिरन महतोले ज्यान गुमाएका हुन् ।

बुवाले थापेको विद्युतीय पासोबाट करेन्ट लागेर घाइते भएपछि उनलाई शनिबार बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ सामान्य उपचारपछि उनलाई थप उपचारका लागि भरतपुरतर्फ पठाइएको थियो ।

Royal Enfield
nic asia capital

उनलाई भरतपुर अस्पतालमा पुर्‍याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?