National life

जाम नेपालको नयाँ नेतृत्व चयन, अध्यक्षमा सागर गजुरेल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ भदौ २०८०, शुक्रबार
495Shares
जाम नेपालको नयाँ नेतृत्व चयन, अध्यक्षमा सागर गजुरेल
ncell

काठमाडौं । जर्नालिष्ट एसोसिएसन अफ अटोमोबाइल्स मोबिलिटी (जाम नेपाल)को नयाँ नेतृत्व चयन भएको छ । बिहीबार राजधानीमा सम्पन्न जामको दोस्रो साधारणसभाले अध्यक्ष सागर गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

एक दशक भन्दा बढी अटोमोबाइल्स क्षेत्रमा रहेर कलम चलाउदै आएका गजुरेल मेरो अटो डटकममा आवद्ध छन् ।

यसैगरी जामको उपाध्यक्षमा आर्थिक आवाज डटकमका सुरेन्द्र पौडल चयन भएका छन् भने महासचिवमा अटोमोवाइल म्यागेजिनका तोयानाथ पौडेल चयन भएका छन् ।
Royal Enfield
nic asia capital

जामको सचिवमा रातोपाटी डटकमका प्रयास श्रेष्ठ र कोषाध्यक्षमा नेपाल खवर डटकमका वसन्त अर्याल चयन भएका छन् ।

जामको कार्यसमिति सदस्यहरुमा अटो नेपाल म्यागेजिनका रोशन श्रेष्ठ, चाणक्य पोष्ट डटकमका उज्ज्वल घिमिरे, मेरो लगानी डटकमका युवराज बस्नेत, नेपाल ड्राइभ डटकमका सौरभ नेपाल, क्यापिटल नेपाल डटकमका सुधिर भण्डारी, बिजमाण्डु डटकमका शुक्र गिरी र क्लिकमाण्डु डटकमका आरिश्मा मोक्तान चयन भएका छन् ।

नि: वर्तमान अध्यक्षसहित जाम नेपालको कूल १३ सदस्यीय पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । नवनियुक्त कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ । यसअघिको जाम नेपालको अध्यक्षमा उज्ज्वल जंग शाह रहेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?