काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्ने सरकारी निर्णय अटेर गर्ने ५५ वटा इन्टरनेट सेवाप्रदायकलाई लाइसेन्स खारेजको चेतावनी दिएको छ।
प्राधिकरणले २४ घण्टाभित्र कुनै जवाफ नदिए लाइसेन्स खारेजीसम्मको कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो । अहिलेसम्म ती इन्टरनेट कम्पनीले प्राधिकरणले पठाएको पत्रको जवाफ पठाएका छैनन्।
गएको कार्तिक २७ गते मन्त्रीपरिषदले गरेको निर्णयले नेपालमा टिकटकमाथि प्रतिबन्ध लागेको छ।
तर, धेरै सेवाग्राही भएका ठूला इन्टरनेट सेवा प्रदायकबाहेक अन्य कम्पनीहरुले टिकटकमा रोक लगाएका छैनन् ।
कारबाही स्वरुप नेपाल दूर सञ्चार प्राधिकरणले अब उनीहरुको लाइसेन्स खारेजीको तयारी गरेको हो । कारबाहीको जिम्मा सरकारले प्राधिकरणलाई दिएको छ । जस अनुरुप प्राधिकरणले ५५ ओटा इन्टरनेट सेवाप्रदायकको नामावली नै प्रकाशन गरेको छ ।
५५ ओटा इन्टरनेट सेवाप्रदायकको नामावली


































