National life

बन्चरेडाँडा ल्याण्डफिल साइटको समस्याका बारेमा दिर्घकालीन समाधानको उपाय खोज्छु : प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१६ भदौ २०८०, शनिबार
404Shares
बन्चरेडाँडा ल्याण्डफिल साइटको समस्याका बारेमा दिर्घकालीन समाधानको उपाय खोज्छु : प्रधानमन्त्री
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्चरेडाँडा ल्याण्डफिल साइटको समस्याका बारेमा दिर्घकालीन समाधानको उपाय खोजिने बताएका छन् । प्रधानमन्त्री दाहालले शनिबार बिहान नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँगको छलफलमा सो कुरा बताएका हुन् ।

छलफलमा सांसदहरुको टोलीले नुवाकोटको विकासको मेरुदण्डको रुपमा रहेको पासाङ ल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले पिपलटार सडकखण्डको स्तरोन्न्ती र तत्काल कालोपत्रे गर्न पहल गरिदिन माग गरेका छन् ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले सो राजमार्गका विषयमा आफू जानकार रहेको बताउँदै कालापत्रेका लागि आन्तरिक स्रोत जुटाएर भएपनि यो वर्षनै काम सम्पन्न गरिने विश्वास व्यक्त गरेका छन् ।

Royal Enfield
nic asia capital

भेटमा सांसद अर्जुननरसिंह केसीले पासाङ ल्हामु राजमार्ग का साथै बन्चरेडाँडा ल्याण्ड्फिल साइटकाबारेमा सरकार गम्भीर नभए आफू संसद भवनभित्रै आमरण अनसन बस्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री प्रचण्डले त्यो परिस्थिति आउन नदिने प्रतिबद्धता जनाएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
404SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?