काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले विवादित स्ट्याटस सामाजिक सञ्जालबाट हटाएका छन् । शनिबार साँझ 'सिंहदरबारमा आगो लगाउने' भन्दै उनले सामाजिक सञ्जालमा लेखेकाे स्ट्याटस चौतर्फी आलोचनापछि हटाएका हुन् ।
आफ्नो पत्नी सवार सवारीलाई ट्राफिक प्रहरीले चेकिङका क्रममा रोकेपछि आक्रोशित बनेका शाहले अब आइन्दा आफ्नो गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । तर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै शाहको आलोचना भएको थियो ।
मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले आइतबार विज्ञप्ति जारी गर्दै शनिवार बेलुका सुत्केरी अवस्थामा रहेकी सबिना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको प्रस्टीकरण दिएका छन् ।
यस्तो थियो बालेनको स्ट्याटस :

































