National life

रोल्पामा पहिरोले घर-गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई घाइते

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२८ साउन २०८३, बिहिबार
802Shares
रोल्पामा पहिरोले घर-गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई घाइते
ncell

रोल्पा - अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा घरसहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६०वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन् ।

कार्यालयले दिएको जानकारी अनुसार यही बुधबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घरसहित गोठ पुरिएका थिए । गएराति घटनास्थलमा प्रहरी टोली पुगेको थियो ।

प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते उद्धार गरी उपचारार्थ स्वास्थ्य सस्थामा पठाइएको र दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
घटनाको थप विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार पहिराबाट छ घर तथा गोठमा क्षति पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
802SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?