काठमाडाैं । सप्तकोसी नदीले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सप्तकोसी नदीले चतरामा सतर्कता तह (६ मि.) पार गरेको हो ।
तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो छ ।
त्यसैले उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुनसक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्मै उच्च सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ ।
भदौ ८ बिहान १० बजे
सप्तकोशी नदी चतरामा जलसतह बढ्दो छ र #सतर्कता तह ( ६ मी. ) पार गरेको छ । तमोर, सुनकोसी र अरूणमा पनि जलसतह बढ्दो रहेकोले उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले आज साँझ सम्मै उच्च सतर्कता अपनाऔ ।@NDRRMA_Nepal pic.twitter.com/Kf5B3jQ2b3
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 25, 2023

































