National life

सुधार गृहबाट सयौँको संख्यामा कैदी भागेपछि ठूलो संख्यामा प्रहरी परिचालन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ भदौ २०८०, सोमबार
516Shares
सुधार गृहबाट सयौँको संख्यामा कैदी भागेपछि ठूलो संख्यामा प्रहरी परिचालन
ncell

काठमाडौं । बाल सुधार गृहबाट एक सयभन्दा बढी कैदी भागेका छन् । भक्तपुरकाे सानोठिमीस्थित बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका कैदी भागेका हुन् ।

हिजो एक नाबालक बन्दीको मृत्यु भएपछि बाल सुधार गृहमा अवस्था तनाव ग्रस्त बनेको थियाे । यहि मौका छोपी उनीहरु फरार भएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेका हुन् ।

सुधार गृहमा २९६ जना नाबालक बन्दी रहेकामा अहिले प्रहरीको नियन्त्रणमै ४२ जना बालिका र ३३ जना रहेका छन् । अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको छ । बाँकी फरारहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

बलात्कारको आरोपमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका एक युवकको आइतबार सुधार गृहमा मृत्यु भएपछि तनाव भएको थियो ।

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदी फरार भएका हुन् ।

थुनुवाहरु तोडफोडसहित फरार भएपछि अहिले सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?