National life

ज्यान मार्ने अभियोगमा कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|३२ असार २०८३, बिहिबार
1KShares
ज्यान मार्ने अभियोगमा कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी
ncell

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध ज्यान मार्ने अभियोगमा पक्राउ पुर्जी जारी भएको छ ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा)माथि भएको आक्रमण घटनामा संलग्न रहेको आरोप छ ।

उक्त घटनामा शाहमाथि तत्काल कारबाही नभएको भन्दै विभिन्न तहबाट आलोचना र दबाब बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मुद्दा दर्ता गर्दै कानुनी प्रक्रिया अघि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले सांसद शाहविरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता भइसकेको र अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

Royal Enfield
nic asia capital

शर्मामाथि कृष्णनगरमा भएको सामूहिक आक्रमणको घटनाबारे प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?