National life

‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|११ साउन २०८३, सोमबार
872Shares
‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग
ncell

काठमाडौं । कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन । यस्तै, प्राधिकरणले कुल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ ।

प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराएका छन् ।

Royal Enfield
nic asia capital
यस्तै, प्राधिकरणका सहायक कम्पनीले १७ हजार १०८ मेगावाट घण्टा बराबर बिजुली उपलब्ध गराएका छन् । प्राधिकरणका आफ्नै आयोजनाबाट कुल आठ हजार ९५९ मेगावाट घण्टा बराबरको ऊर्जा उपलब्ध छ ।

कुल राष्ट्रिय माग ५१ हजार ५२७ मेगावाट घण्टा बराबर रहँदा साँझको समयमा कुल माग तीन हजार २४८ मेगावाट बराबर रहेको छ । वर्षाका कारण देशभर कुनै पनि स्थानमा अवरोध नरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले कुनै स्थानमा अवरोध उत्पन्न हुनासाथ मर्मतसम्भारका लागि प्राविधिक जनशक्ति तम्तयारी हालतमा राखेको छ । सातवटा प्रदेश कार्यालय र काठमाडौँमा मर्मतसम्भार टोली तम्तयारी अवस्थामा छ ।

यो समाचार शेयर गर्नुहोस्
872SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?