National life

४० वर्षकै कमजोर बनेको येन बचाउन अमेरिका र जापान एकसाथ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१८ साउन २०८३, सोमबार
727Shares
४० वर्षकै कमजोर बनेको येन बचाउन अमेरिका र जापान एकसाथ
ncell

टोकियो । जापानले अमेरिकी सरकारसँग मिलेर विदेशी विनिमय बजारमा संयुक्त रूपमा हस्तक्षेप गर्दै येन खरिद गरेको पुष्टि गरेको छ । ४० वर्षयताकै कमजोर अवस्थामा पुगेको येनको अवमूल्यन रोक्न गरिएको यो हस्तक्षेप आवश्यक परे फेरि दोहोर्याइने जापानको अर्थ मन्त्रालयले सोमबार जनाएको हो ।

अर्थ मन्त्रालयका अनुसार शुक्रबार अमेरिकी ट्रेजरी विभागसँगको संयुक्त हस्तक्षेपले पछिल्ला महिनाहरूमा जापानी येनमा देखिएको अत्यधिक उतारचढाव र अव्यवस्थित बजार गतिविधिलाई नियन्त्रण गर्न मद्दत गरेको छ। मन्त्रालयले अमेरिकासँग निरन्तर समन्वय भइरहेको उल्लेख गर्दै आवश्यक परे थप संयुक्त हस्तक्षेप गर्न नहिच्किचाउने स्पष्ट पारेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विश्लेषकहरूका अनुसार यो कदमले येन र जापानी सरकारी ऋणपत्रमा बढ्दो बिक्रीका कारण विश्व वित्तीय बजारमा पर्न सक्ने नकारात्मक असर रोक्न दुवै देशको साझा प्रतिबद्धता देखाएको छ। यस्तो संयुक्त हस्तक्षेप सन् २०११ मा पूर्वी जापानमा आएको विनाशकारी भूकम्पपछि गरिएको समन्वित हस्तक्षेपपछि पहिलो पटक भएको हो।

यसअघि आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका मित्रताको प्रतीकस्वरूप र विश्व अर्थतन्त्रलाई सहयोग गर्न जापानलाई येन बलियो बनाउन सघाइरहेको बताएका थिए। उनले जापानको मुद्रा कमजोर भएकाले सहयोग गरिएको र अमेरिका जापानको साथमा रहेको बताएका थिए।

संयुक्त हस्तक्षेपको पुष्टि भएपछि सोमबार एसियाली कारोबारका क्रममा अमेरिकी डलरको तुलनामा येनको मूल्य बलियो बनेको थियो। डलर ०.६ प्रतिशतले घटेर एक डलर बराबर १५६.५० येनमा झरेको थियो।

जापानका शीर्ष मुद्रा कूटनीतिज्ञ अत्सुशी मिमुराले यो संयुक्त हस्तक्षेपलाई अमेरिका–जापान साझेदारीको महत्वपूर्ण उपलब्धि भएको बताउँदै जापान बैंकसँग समन्वय गरेर येनको थप अवमूल्यन रोक्न सरकार सक्रिय रहने बताएका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?