National life

पुराना लाइसेन्सको थुप्रो घट्दै, सेवाग्राहीलाई राहतको संकेत

अब लाइसेन्स तुरुन्त पाइने तयारी, नयाँ सिस्टम साउनदेखि लागू

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२८ असार २०८३, आइतबार
679Shares
पुराना लाइसेन्सको थुप्रो घट्दै, सेवाग्राहीलाई राहतको संकेत
ncell

काठमाडौं । लामो समयदेखि थन्किएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रिया तीव्र बनेसँगै अधिकांश ‘ब्याकलग’ अन्त्यतिर पुगेको छ। सुरक्षण मुद्रण केन्द्रले करिब साढे आठ महिनाभित्र झन्डै २६ लाख लाइसेन्स छापिसकेको जनाएको छ।

केन्द्रका अनुसार पुराना मितिका झन्डै २९ लाख लाइसेन्समध्ये २५ लाखभन्दा बढी छपाइ भइसकेको छ। बाँकीमध्ये करिब ३ लाख लाइसेन्स भने एक वर्षभन्दा कम अवधि भएका कारण हाललाई नछापिने र नवीकरणपछि मात्रै जारी गरिने यातायात व्यवस्था विभागले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच दुई चरणमा सम्झौता गरिएको थियो। पहिलो चरणमा तोकिएको समयमै काम सम्पन्न भएपछि दोस्रो चरणको सम्झौताअनुसार बाँकी लाइसेन्स छाप्ने काम पनि अन्तिम चरणमा पुगेको हो। असार मसान्तसम्म छापिएका सबै लाइसेन्स विभागलाई हस्तान्तरण गरिने र त्यसपछि पुरानो ‘ब्याकलग’ पूर्ण रूपमा सकिने बताइएको छ।

यस अवधिमा नयाँ लाइसेन्स छपाइ भने रोकिएको छैन। ट्रायल पास गरेका तथा नवीकरणका लागि राजस्व तिरेका सेवाग्राहीका लाइसेन्स पनि नियमित रूपमा छापिँदै आएका छन्। हाल दैनिक ३–४ हजार सेवाग्राहीले यस्तो सेवा लिइरहेका छन्।

अब साउन महिनादेखि नयाँ प्रणालीमार्फत काम अगाडि बढाइने तयारी छ। ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम’ लागू भएपछि अनलाइनमार्फत राजस्व भुक्तानी, मेडिकल रिपोर्ट अपलोड तथा लाइसेन्स व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ। साथै, छापिएका लाइसेन्स सिधै सम्बन्धित कार्यालय वा हुलाकमार्फत वितरण गर्ने व्यवस्था मिलाइने योजना छ।

यद्यपि, हाल विभिन्न यातायात कार्यालयहरूमा लाइसेन्स लिन सेवाग्राहीले लामो समय लाइन बस्नुपर्ने समस्या भने अझै कायम रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
679SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?