National life

नारायणगढ-मुग्लिन र काठमाडौं सडकखण्डमा आज राति १० बजेदेखि सवारी चलाउन रोक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|०२ साउन २०८३, शनिबार
1.2kShares
नारायणगढ-मुग्लिन र काठमाडौं सडकखण्डमा आज राति १० बजेदेखि सवारी चलाउन रोक
ncell

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन नारायणगढ सडकखण्ड र काठमाडौं जाने पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि सवारी साधन चलाउन रोक लगाएको छ ।

आज साँझ कार्यालयले एक सूचना जारी गर्दै राति १० बजेदेखि अर्को सूचना नभएसम्मका लागि सवारी चलाउन रोक लगाएको जनाएको छ ।

धादिङ्ग लगायतका छिमेकी जिल्लाहरु तथा यस जिल्लाका विभिन्न स्थानहरुमा समेत पानी पर्न थालेको र पानी पर्ने क्रम अझै बढ्ने पूर्वानुमान रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले रातको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुनसक्ने जोखिम समेतलाई मध्यनजर गरेर राती १० बजेदेखि सवारी चालउन रोक लगाएको हो ।

प्रशासन कार्यालयले आवागनमा नहुने असहजता प्रति क्षमा मार्ग्दै सुरक्षित स्थानमा सवारी राख्न र रहन अनुरोध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

थप सूचना, सहयोग, समन्वय एवम् सहजीकरणका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका निकायमा सम्पर्कमा रहन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?