National life

गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१३ साउन २०८३, बुधबार
531Shares
गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउने
ncell

नेपाली कांग्रेसले वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो । ७९ वर्षीय श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको थियो ।

कांग्रेसले जारी गरेको शोक प्रस्तावमा श्रेष्ठलाई लोकतन्त्र स्थापना, पुनःस्थापना र सुदृढीकरणका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रज नेताका रूपमा स्मरण गरेको छ । विद्यार्थी जीवनदेखि नै कांग्रेस राजनीतिमा सक्रिय रहेका श्रेष्ठले पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै करिब ६ वर्ष जेल जीवनसमेत बिताएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

श्रेष्ठ २०४८, २०५६ र २०६४ मा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेका थिए ।

उनले नेपाल सरकारमा उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य तथा शिक्षा मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । उनी नेपाली कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत थिए ।

कांग्रेसले श्रेष्ठको निधनबाट पार्टीले एक अनुभवी र अग्रज राजनीतिज्ञ गुमाएको उल्लेख गर्दै संगठन निर्माण, लोकतन्त्रप्रतिको प्रतिबद्धता र सार्वजनिक जीवनमा उनले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने जनाएको छ ।

शोक कार्यक्रमअन्तर्गत कांग्रेसले १३, १४ र १५ साउनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्यस्तै, १४ साउनमा केन्द्र, प्रदेश र जिल्लास्थित सबै पार्टी कार्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

श्रेष्ठको सम्मानमा स्वर्गारोहणको १३ दिनसम्म पार्टीका कार्यालयहरूमा शोक पुस्तिका राखिने र १३औँ दिनमा उनको गृह जिल्ला स्याङ्जाको कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी शोकसभा आयोजना गरिने कांग्रेसले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?