National life

अमेरिकामा विदेशी विद्यार्थीका लागि भिसाको नियम कडा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|०१ साउन २०८३, शुक्रबार
897Shares
अमेरिकामा विदेशी विद्यार्थीका लागि भिसाको नियम कडा
ncell

बीबीसी । अमेरिकामा ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई थप कडिकडाउ गर्ने आफ्नो योजनाको अन्तिम सूचना सार्वजनिक गरेको छ । ती योजनाअन्तर्गत अब विदेशी विद्यार्थीहरूले सङ्घीय सरकारको अनुमति नलिईकन चार वर्षभन्दा बढी अमेरिकामा बस्न पाउने छैनन् ।

पाठ्यक्रमका कार्यक्रम परिवर्तन गर्न तथा एकबाट अर्को विश्वविद्यालय वा कलेजमा सर्न पनि अब निकै रोक लाग्ने छ । हालसम्म अमेरिकामा उच्च अध्ययनका संस्थाहरूले विद्यार्थी भिसाको अवधि थपिदिने अधिकार पाएका थिए ।

Royal Enfield
nic asia capital
नयाँ नियम यही सेप्टेम्बर महिनाबाट लागु हुने भनिएको छ ।

डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार यसले “भिसाको जथाभावी दुरुपयोग रोक्ने, तथा नियमित निगरानीमार्फत् राष्ट्रिय सुरक्षा सुदृढ हुने“ छ। तर असोसिएशन अफ इन्टरनेशनल एजुकेटर्सले नयाँ नियमलाई ‘अनावश्यक तथा गलत रूपमा निर्देशित’ भनेको छ।

यसअघि एफवन वर्गका विदेशी विद्यार्थी भिसा र जेवन एक्चेन्ज भिसा भएकाहरूलाई तिनको सो “हैसियतको अवधिभरि“का निम्ति भिसा जारी गरिन्थ्यो। त्यसको अर्थ उनीहरूले डिग्री हासिल नगरुन्जेल बस्न पाउँथे। नयाँ नियमले त्यसमा समयसीमा तोकिदिएको छ।

होमल्यान्ड सेक्युरिटी सेक्रेटरी माक्र्वेन मलिनले भने, ‘दशकौँसम्म विदेशी विद्यार्थीहरूलाई अनिश्चितकालका निम्ति अमेरिका भित्रिन दिइयो जसले गर्दा हजारौँले हाम्रो अध्यागमन प्रणालीको दुरुपयोग गर्दै विभिन्न कोर्समा निरन्तर भर्ना हुँदै अनिश्चित कालसम्म अमेरिकाबाट बाहिरिन नपर्ने गरी बसे।’

अधिकांश अमेरिकी अन्डरग्राजुएट (स्नातक तहका) कार्यक्रमहरू चारवर्षे अवधिका हुन्छन् भने डक्टरेटजस्ता स्तानकोत्तर कार्यक्रमहरू सिध्याउन अझ लामो समय लाग्छ।

धेरैजसो अन्तर्राष्ट्रिय विद्यार्थीहरू स्तानकोत्तर तहमा भर्ना हुन्छन्, खास गरी विज्ञान तथा प्रविधिको क्षेत्रमा । यी पाठ्यक्रम पूरा गर्न तथा शोधपत्र प्रकाशन गर्न थप समय लाग्छ। शोधका निम्ति आवश्यक स्रोतको अभाव तथा व्यक्तिगत परिस्थितिले पनि यस्तो अध्ययन अवधि लम्बिन पुग्छ ।

अब नयाँ नियमानुसार विदेशी विद्यार्थीहरूसँग ग्राजुएशनपछि स्वदेश फर्किन वा अर्को वर्गको भिसा हासिल गर्न जम्मा ३० दिनको समय हुने छ। यसअघि त्यस्तो अवधि ६० दिनको हुने गथ्र्यो।

विदेशी विद्यार्थीको भर्नाबारे अमेरिकी अध्ययन संस्थाहरूलाई परामर्श दिँदै आएको गैरनाफामूलक संस्था असोसिएशन अफ इन्टरन्याश्नल एजुकेटर्स (नाफ्सा)ले नयाँ नियमको आलोचना गरेको छ।

सो संस्थाकी प्रमुख कार्यकारी फान्टा अवका अनुसार नयाँ नीतिले ‘लामो समयदेखि प्रभावकारी काम गरिरहेको प्रणालीमा अनिश्चय, कर्मचारीतन्त्र तथा त्रास घुसाएको छ। यो त समस्याको खोजी गर्ने समाधान जस्तो हो।’

विदेशी विद्यार्थीहरूको सङ्ख्या घटाउने तथा आप्रवासन रोक्ने ट्रम्प प्रशासनको समग्र नीतिअन्तर्गत यी नयाँ नियम बनाइएका हुन्।

वर्तमान अमेरिकी सरकारले कतिपय प्रतिष्ठित कलेजहरूमा विदेशी विद्यार्थीहरू निश्चित सङ्ख्याभन्दा बढ्ता हुन नदिन खोजेको छ। साथै अमेरिकी विदेशनीतिका आलोचक ठानिएका विद्यार्थीहरूको भिसा पनि उसले रद्द गरिदिएको छ।

यो समाचार शेयर गर्नुहोस्
897SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?