काठमाडौँ । तमानखोला गाउँपालिका बागलुङको आयोजनामा भएको निःशुल्क आँखा उपचार तथा निःशुल्क मोतीबिन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
तमानखोला गाउँपालिकाको आयोजना, ताकम फाउण्डेसनको आर्थिक सहयोग, नेपाल नेत्र ज्योति संघ, हिमालय आँखा अस्पताल र धवलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग तथा ३ नम्बर वडा कार्यालय र तमान स्वास्थ्य चौकीको व्यवस्थापनमा सञ्चालनमा भएको उक्त शिविरमा ५ सय ३८ जनाले सेवा लिएको गाउँपालिका अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।
उक्त शिविरमा मोतीबिन्दु तथा आँखामा समस्या भएका सेवाग्राहीले सेवा लिएको सचिवालयले जनाएको छ । तमानखोला गाउँपालिका वडा नंं.
त्यस्तै, तमान स्वास्थ्य चौकी तमानमा सेवा लिएका ३ सय ३५ जना मध्येमा १२० जना पुरुष २१५ जना महिला रहेको स्वास्थ्य चौकीका अनमी यमकुमारी बुढाले जानकारी दिए साथै उक्त चेकजाँचबाट १९ जनाको अप्रेसन गर्नुपर्ने भएको बुढाको भनाई छ । सेवा लिनेमा अधिकांश ६० वर्ष माथिको नागरिक भए पनि समस्या लिएर आउनेमा अधिकांश महिला भएको उनको भनाई छ । साथै आँखाको परीक्षण गरिसकेका तर मोतीबिन्दुको अप्रेसन गर्न पर्ने बिरामीहरूका लागि भने बोङ्गादोभानबाट तमान स्वास्थ्य चौकीसम्म लैजाने लिने व्यवस्था गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
विगतमा दिनहरूमा समेत पालीका बासिको स्वास्थ्यको विशेष ख्याल गर्दै आएको तमानखोला गाउँपालिकाले आगामी दिनमा समेत स्थानीय नागरिकको माग र आवश्यकतालाई महसुस गर्दै शिविर , स्वास्थ्य परीक्षण लगायतका काम गर्न सधैँ तत्पर रहेका पालीका अध्यक्ष जोकलाल बुढाले जानकारी दिएका छन् । समन्वय संस्थाहरूलाई धन्यवाद प्रकट गर्दै अध्यक्ष बुढाले सामाजिक संघ संस्था र स्थानीय क्लब, आमा समूह लगायतका अन्य सामाजिक हिटका लागि काम गर्ने समूहसँग पालीका सधैँ हातेमालो गरेर काम गर्न तयार रहेको जानकारी गराउँदै त्यसतर्फ उन्मुख हुन समेत आग्रह गरेका छन् ।
































