National life

तस्करीको सुन गाल्ने काम सकियो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
548Shares
तस्करीको सुन गाल्ने काम सकियो
ncell

काठमाडौँ । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्ने कार्य सकिएको छ । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य मंगलबार सकिएको हाे ।

मंगलबार बिहान साढे १० बजेबाट नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो । गालिएको सुनको तौल सार्वजनिक गर्ने तयारी भइरहेको महाशाखाले जनाएकाे छ ।

Royal Enfield
nic asia capital

सोमबार ब्रेक सुबाट छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?