National life

सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ भदौ २०८१, बिहिबार
677Shares
सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण
ncell

काठमाडौं । सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण भएको छ।कम्पनीले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको बताएको छ ।

हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका-३ मा कम्पनीले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको हो । यसअघिनै कम्पनीले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगञ्ज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल एवं नेपालगंज र कर्णाली प्रदेशको सुर्खेत स्थीत आफ्नै भवनबाट प्रदेश कार्यालय एवं क्लस्टर कार्यालयहरु सञ्चालनमा ल्याइसकेको छ ।

Royal Enfield
nic asia capital

धनगढी उपमहानगरपालिका- ३ स्थित भवनबाट सुविधा सम्पन्न आधुनिक सुदूरपश्चिम प्रदेश कार्यालयसहित धनगढी शाखासमेत सञ्चालनमा आएको छ । हाल सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका ४ मा सञ्चालनमा रहेको धनगढी शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी ८०० मिटर दुरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण भएको कम्पनीले बताएको छ ।

आफ्नै भवनबाट कारोबार सञ्चालन भएको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सुदूरपश्चिमस्थित धनगढी उपमहानगरपालिकामा आफ्नै भवनबाट शाखा कार्यालय एवं प्रदेश कार्यालय सञ्चालन गर्न पाउनु बैंकको लागि एक कोशेढुङ्गा भएको बताए ।

साथै उनले सुदूरपश्चिम प्रदेश महत्वपूर्ण व्यवसायीक केन्द्र रहेको भन्दै आगामी दिनमा अझ उत्कृष्ट बैंकिङ्ग सेवा सुविधाहरु लिएर आउने बताए ।सो अवसरमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरु कैलाली, डडेलधुरा, बझाङ, अछाम, दार्चुला, कञ्चनपुर र बैतडीमा गरी कम्पनीले १० वटा शाखा कार्यालयमार्फत वित्तीय सेवाहरु प्रदान गर्दैै आइरहेको छ । कम्पनीले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?