National life

‘पूँजीबजार रेस्क्यू योजना’ ले लगानीकर्ताको भरोसा फर्काउलान् ?

नीति आयो, अब काम चाहियो : लगानीकर्ताको नजर कार्यान्वयनमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३० असार २०८३, मङ्गलबार
1.5kShares
‘पूँजीबजार रेस्क्यू योजना’ ले लगानीकर्ताको भरोसा फर्काउलान् ?
ncell

काठमाडौं । अर्थतन्त्रको ऐना मानिने सेयर बजार पछिल्लो समय लगातार दबाबमा देखिँदै आएको थियो । सेयर बजार, लगानीकर्तामा बढ्दो निराशा तथा बजारप्रतिको कमजोर बन्दै गएको विश्वासलाई पुनर्जीवित गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले करिब ११० पृष्ठको ‘पूँजीबजार रेस्क्यू योजना’ तयार पारेको हो । सो योजना अर्थमन्त्रीबाट स्वीकृति पाएसँगै लगानीकर्तामा विश्वास र भरोसाको सञ्चार प्रवाह भएको हो ।

सेबोनका अध्यक्ष डा.

Royal Enfield
nic asia capital
गोपालप्रसाद भट्टका अनुसार बजारको तत्काल सुधारसँगै दीर्घकालीन रूपान्तरण र आधुनिकीकरणलाई लक्षित गर्दै तयार गरिएको विस्तृत कार्ययोजना अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अनुमोदन गरिसकेका छन्।

अध्यक्ष भट्टले उक्त योजनालाई थप परिमार्जन गरी छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार योजनामा आगामी एक वर्षभित्र कार्यान्वयन गरिने सुधार कार्यक्रमलाई स्पष्ट समयसीमा र जिम्मेवारीसहित समेटिएको छ। साथै, छोटो, मध्यम र दीर्घकालीन रणनीतिहरूलाई एकै दस्तावेजमा समावेश गरिएको छ।

कार्यान्वयनमै निर्भर बजारको भविष्य

पूँजीबजार रेस्क्यू योजनाले सही ढंगले कार्यान्वयन भएमा लगानीकर्ताको मनोबल बढाउने सम्भावना बलियो देखिन्छ। बजारमा अहिले देखिएको प्रमुख समस्या भनेको अनिश्चितता र विश्वासको कमी हो। यस्तो अवस्थामा स्पष्ट कार्ययोजना, समयसीमा र जिम्मेवारीसहितको नीति आउनु नै सकारात्मक संकेत मानिन्छ।

यदि योजनाअनुसार नियामकीय सुधार, प्रविधिमैत्री कारोबार प्रणाली, पारदर्शिता वृद्धि र लगानीकर्ता संरक्षणका उपाय प्रभावकारी रूपमा लागू भए भने बजारप्रति भरोसा विस्तारै पुनःस्थापित हुन सक्छ। साथै, चलखेल नियन्त्रण र स्थिर नीतिगत वातावरण बनेमा नयाँ लगानीकर्ताको प्रवेश पनि बढ्न सक्छ, जसले बजारमा माग सिर्जना गर्नेछ।

तर केवल योजना सार्वजनिक हुनु मात्र पर्याप्त हुँदैन। यसको सफलताका लागि कार्यान्वयनको गति, निरन्तरता र सरकारको प्रतिबद्धता मुख्य आधार हुन्छ। यदि यी पक्षहरू मजबुत भए भने रेस्क्यू योजनाले बजारमा सकारात्मक ऊर्जा भरेर लगानीकर्ताको मनोबल उकास्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।

रेस्क्यू योजनाले बजारमा देखिएका संरचनागत समस्या समाधान गर्ने, नियामकीय क्षमतालाई सुदृढ बनाउने, कारोबार प्रणालीलाई प्रविधिमैत्री बनाउने, लगानीकर्ता संरक्षणलाई प्रभावकारी बनाउने तथा सम्भावित अनियमितता र चलखेल नियन्त्रण गर्ने विषयलाई प्राथमिकता दिएको बुझिएको छ।

अध्यक्ष भट्टले योजनाको प्रभावकारी कार्यान्वयनबाट हाल दबाबमा रहेको पूँजीबजारले पुनः गति लिने र लगानीकर्तामा हराउँदै गएको भरोसा पुनःस्थापित हुने विश्वास व्यक्त गरेका छन्।

के चाहन्छन् लगानीकर्ता ?

लगानीकर्ताका लागि पूँजीबजार रेस्क्यू योजनाबाट केही मुख्य अपेक्षाहरू स्वाभाविक रूपमा देखिन्छन्। नीतिगत स्थिरता—बारम्बार नियम परिवर्तन नहुने र दीर्घकालसम्म टिक्ने स्पष्ट नीति आउनुपर्ने अपेक्षा हुन्छ।

संस्थागत लगानीकर्ता भित्र्याउने, मार्जिन कर्जा सहज बनाउने र नयाँ लगानीकर्ता आकर्षित गर्ने वातावरण तयार पारिने अपेक्षा गरिन्छ। विशेषगरी पूँजीगत लाभकरका विषयमा लगानीकर्ताले सहज र प्रोत्साहनमूलक व्यवस्था चाहन्छन्।

भित्री कारोबार, कृत्रिम मूल्य उतारचढावजस्ता गतिविधिमा कडाइ गरियोस् भन्ने चाहना हुन्छ, जसले बजारप्रति विश्वास बढाउँछ। कारोबार प्रणाली, भुक्तानी र क्लियरिङ प्रक्रिया अझ सहज, सुरक्षित र द्रुत बनाइयोस् भन्ने अपेक्षा रहन्छ।

उजुरी सुनुवाइ, बीमा जस्ता सुरक्षात्मक व्यवस्था र साना लगानीकर्ताको हितलाई प्राथमिकता दिइयोस् भन्ने चाहना हुन्छ। समग्रमा, लगानीकर्ताको मुख्य अपेक्षा भनेको विश्वासयोग्य, स्थिर र पारदर्शी बजार वातावरण हो, जहाँ लगानी गर्दा जोखिमभन्दा अवसर बढी देखियोस्।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?