National life

यी कम्पनीमा बढ्यो क्रेज, बजार तातेको संकेत

लगानीकर्ता झुमिए यी सेयरमा, बजारमा हरियाली छायो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१७ असार २०८३, बुधबार
2.4kShares
यी कम्पनीमा बढ्यो क्रेज, बजार तातेको संकेत
ncell

काठमाडौं । लामो समयपछि सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक ४४.५९ अंकले उकालो लाग्दै २६५२.९३ बिन्दुमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आजको कारोबारमा कुल ९५ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा करिब ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारमा सकारात्मक माहोल देखिँदा २५२ कम्पनीका सेयर मूल्य बढेका छन् भने १७ कम्पनीको घटेको छ। ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

यस दिन केही कम्पनीहरूले उल्लेखनीय वृद्धि हासिल गरेका छन्। स्नो रिभर्स, सिवाईसी लघुवित्त, बुजुङ हाइड्रो, कुथेली बुखेरी स्मल हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरका सेयर मूल्य दोहोरो अंकको दरमा उक्लिएका छन्।

त्यसैगरि, लक्ष्मी सनराइज बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २८ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

रिलायन्स स्पिनिङ मिल्स्को १७ करोड ५१ लाख, आँखुखोला जलविद्युतको १७ करोड २६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ३७ लाख, एनआईएमबी डिबेन्चरको १४ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

यो समाचार शेयर गर्नुहोस्
2.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?