National life

आज साउने सङ्क्रान्ति, यस्तो छ लुतो फाल्ने प्रचलन र विधि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ साउन २०८१, मङ्गलबार
618Shares
आज साउने सङ्क्रान्ति, यस्तो छ लुतो फाल्ने प्रचलन र विधि
ncell

काठमाडौं। हरियाली र हराभराको रूपमा हेरिने साउन महिनाको आज पहिलो दिन अर्थात् साउन १ गते सौर मासअनुसार प्रत्येक वर्ष आजैको दिन साउने (कर्कट) सङ्क्रान्ति पर्व मनाइने गरिन्छ । आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहेको छ ।

आजको दिनमा लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।

Royal Enfield
nic asia capital
साउनदेखि नै सूर्य दक्षिणतिर सर्दै जाने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाइन्छ ।

परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुते झार, पानी अमला, कागती, अम्बा, नासपती आदि औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । यसैलाई लुतो फाल्ने भनिन्छ ।

साउन महिनालाई विशेष रूपमा शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ । यो महिनामा महिलाहरूले हातमा मेहन्दी लगाउने , हरियो चुरो र लगाउने र व्रत बस्ने गर्दछन् । पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृति मनाउने गरिएको छ ।

कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन्।

असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोग बाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन छ।

यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?