National life

आफ्नाे पार्टीमात्र हाेइन, अनुसन्धानमा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक छैन : प्रचण्ड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ भदौ २०८०, मङ्गलबार
501Shares
आफ्नाे पार्टीमात्र हाेइन, अनुसन्धानमा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक छैन : प्रचण्ड
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा कसैलाई पनि छोड्न आवश्यक नभएको बताएका छन् । संसदमा मंगलबार भएको प्रश्नोत्तरमा जवाफ दिँदै प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक नभएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नाे पार्टीमात्र नभएर अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक नभएको बताएका हुन् । उनले भने, ‘यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न आवश्यक छैन मेरो पार्टीको त के कुरा ।’

Royal Enfield
nic asia capital

प्रधानमन्त्रीले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेकाे बताए । त्यही कारण राजनीतिक प्रणालीप्रति जनतामा छाएको वितिष्णालाई चिर्न सफल भएको उनको दाबी छ ।

दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन सम्भव छ भन्ने जनतामा परेको भन्दै उनले भने, ‘कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम गरेकाे छैन ।’

प्रधानमन्त्रीले आफूले दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् भनेर भनेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?