National life

आर.वि.वि.सेक्युरिटिज कम्पनीलाई धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ भदौ २०८०, शुक्रबार
553Shares
आर.वि.वि.सेक्युरिटिज कम्पनीलाई धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त
ncell
काठमाडौं । आर.वि.वि.सेक्युरिटिज कम्पनीलाई धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्रदान गरिएको छ ।
Royal Enfield
nic asia capital
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आर.वि.वि.सेक्युरिटिज कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले सिमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको हो ।
२० करोड रुपैंया चुक्तापँुजी रहेको सेक्युरिटिज कम्पनीले नेपाल स्टक एक्स्चेन्जको सदस्यता प्राप्त भएपश्चात् निकट भविष्यमा नै स्टक ब्रोकरको कारोबार सुरु गर्नेछ । हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको धितोपत्र दोस्रो बजारको कारोबारलाई ग्रामिण क्षेत्रमा समेत आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि पँुजी बजारको सेवा लिन सकिने विश्वास गरिएको छ । यसअघि बैंकले मर्चेन्ट बैंकिङ्ग सम्बन्धी कारोबार गर्नका लागि सहायक कम्पनीको रुपमा आर.वि.वि.मर्चेन्ट बैंकिङ्ग लिमिटेडको स्थापना गरी मर्चेन्ट बैंकिङ्गको सेवा प्रदान गरिरहेको छ ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?