National life

काठमाडौँ महानगरले महानगरको बेरोजगार समस्यालाई ३ वर्ष भित्र समाधान गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ असोज २०८०, आइतबार
554Shares
काठमाडौँ महानगरले महानगरको बेरोजगार समस्यालाई ३ वर्ष भित्र समाधान गर्ने
ncell

काठमाडाैं । काठमाडौँ महानगरले महानगरको बेरोजगार समस्यालाई ३ वर्ष भित्र समाधान गर्ने गरि रोजगारी र आयवृद्धि काठमाडाैंको सम्बृद्धि गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना संचालनमा ल्याएको छ। महानगरले हरेक बर्ष कम्तिमा १५००० जना लाइ सीपमुलक तालिम दिने र कम्तिमा ५००० नया रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाडाैंको सम्बृद्धि गौरब योजना ल्याइएको हो भने महानगरमा रहेका दक्ष , अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंक को स्थापना गरि रोजगारीको अवसर बढाउने र रोजगारदाताहरू लाइ सीपयुक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्यसहित श्रम बैंक स्वर्णिम योजना संचालनमा ल्याएको हो ।

महानगरका स्थायी बासिन्दा ,महानगरका करदाताहरु तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिक हरु श्रम बैंकमा आबद्द हुन सक्नेछन् ।

१.

Royal Enfield
nic asia capital
श्रम बैंकमा आबद्द भएका दक्ष कामदार हरु लाइ अन्तर्वार्ता तयारिका साथ सोझै काममा लगाउने
२. अर्धदक्ष जनशक्ति लाइ skill upgrade का लागि तालिम दिई काममा लगाउने
३. अदक्ष कामदार हरुलाइ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना मार्फत तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरि रोजगार तथा स्वरोजगार सृजना गर्ने महानगरको उद्देश्य रहेको छ।
श्रम बैंक मा आबद्द जनशक्तिलाई तपशिलका ३ स्थानहरुमा व्यवस्थापन गरिने छ।
१) महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकास लगाएत का क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन
२) महानगर job portal मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था , प्राइभेट कम्पनि, संघ संस्था, अन्तरास्ट्रिय संघ संस्थाहरु
३) महानगरको श्रम बैंक एप मार्फत part time job को रुपमा सबै सेवा हरु घण्टाका आधारमा तथा पटकेका रुपमा जुन सुकै काम हरु गर्न मिल्ने व्यवस्था मिलाइने छ।
सबै किसिमका कामदारहरुलाई काम गर्दाका बखत अनिवार्य इन्सुरेन्स गरिनेछ।
गौरबको योजना मार्फत विभिन्न १५ स्थान हरुमा महानगरको आफ्नै ट्रेनिंग सेन्टरको स्थापना गरि बाह्रै महिना बिहान देखि साँझ सम्म रेगुलर तालिम संचालन गरिने छ। सो का लागि महानगर ले बजार मुखी syllabus निर्माणको समेत काम गरिरहेको छ।

निजि क्षेत्र, सरकारी , गैरसरकारी क्षेत्र,उद्योग कल कारखाना, व्यवसायहरुका लागि आवस्यक जनशक्ति माग भई आएमा सोहि क्षेत्र को आवस्यकता अनुसार तालिम दिई दक्ष कामदार पठाउने व्यवस्था मिलाइएको छ। श्रम बैंकमा आबद्ध हुनका लागि तलको लिंक वा क्यु आरमा क्लिक गरि फारम भरि आबेदन दिन सकिने महानगरले जनाएकाे छ।

https://t.ly/Cqidh

सिप बिकास तालिम लिनका लागि तलको लिंक मा क्लिक गर्नुहोस :

https://t.ly/EfDJw

साथै महानगर भित्र संचालित विभिन्न जब एजेन्सी हरु र तालिम प्रदायक संस्था हरुको नियमित अनुगमन समेत यसै परियोजना मार्फत गरिनेछ। महानगर ले तयार गरेको जब पोर्टल र सबै सेवाका लागि निर्मित handyman जस्तै श्रम बैंक एप को open api हाल संचालनमा रहेका अन्य निजि कम्पनिका सोहि प्रकृतिका एपहरु लाइ निशुल्क उपलब्ध गराइने महानगरले जनाएकाे छ।

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?