काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै दलका नेता भए पनि कुनै पनि प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने बताएका छन् । आज बिहान कांग्रेसको रुपान्तरण अभियानका अगुवासँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नाम मुछिएका सबैको अनुसन्धान गर्न सीआईबीलाई भनिसकेकाे पनि बताए ।
उनले भने, ‘मेरै दलभित्र पनि जजसको नाम आएको छ ।
उहाँहररुलाई पनि अनुसन्धानको दायराभित्र ल्याउँछौं । तथ्य र प्रमाण भयो भने मेरो अनुहार हेर्नु पर्दैन । अनुसन्धानका लागि तान्नु भनेर मैले सीआईबीलाई पनि भनेको छु ।’
प्रधानमन्त्रीले सुन तस्करी प्रकरणमा नाम मुछिएका माओवादीका कृष्ण महराको पनि बयान लिनुपर्ने बताएका थिए ।
































