National life

ग्रीलजन्य फलामको मूल्यवृद्धि रोक्न जोडदार माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ जेठ २०८१, सोमबार
529Shares
ग्रीलजन्य फलामको मूल्यवृद्धि रोक्न जोडदार माग
ncell

बुटवल । व्यवसायीहरूले ग्रीलजन्य फलामको मूल्यवृद्धि घटाउन माग गर्न सुरु गरेका छन् ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै एक महिनाको अवधिमा प्रतिकिलोग्राम १५ रुपैयाँसम्म मूल्यवृद्धि हुँदा व्यवसायी मारमा परेको उल्लेख गरेको हो।

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थको मूल्यवृद्धि नभएको अवस्थामा केही सीमित उद्योगीको स्वार्थमा नेपालमा मात्र अस्वभाविक मूल्यवृद्धि हुँदा सरकार र सम्बन्धित निकाय मुकदर्शक बनेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ।

महासंघका प्रदेश सचिव रामप्रसाद पाण्डेले निकालेको विज्ञप्तिमा अस्वभाविक मूल्यवृद्धि नियन्त्रण नगरे उद्योगीले सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत उद्योग(व्यवसायको साँचो सरकारलाई बुझाएर व्यवसाय बन्द गर्नुको विकल्प नभएको उल्लेख छ ।

Royal Enfield
nic asia capital

‘कोभिड(१९ को महामारी तथा आर्थिक मन्दिको प्रभावको कारण मारमा परेका उद्योगहरू विस्तारै लयमा आउन नपाउँदै पटकपटक ग्रीलजन्य फलाम र निर्माण सामग्रीको अनियन्त्रित उच्च मूल्यवृद्धिले ग्रील उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘फलामको मूल्य अस्वभाविक रुपमा बढ्दा आम उपभोक्ता समेत मारमा परेका छन् ।’

अस्वभाविक मूल्यवृद्धिको सरकारी निकायबाट अनुगमन र छानबिन गरी कालोबजारी गरेको पाइए कारवाहीको दायरामा ल्याउनुपर्ने महासंघका केन्द्रीय उपाध्यक्ष अशोक बर्माले बताए ।

राजनीतिक अस्थिरताको फाइदा उठाउँदै ठुला उद्योगले गरेको मनोमानी नरोकिए महासंघ कठोर भएर आन्दोलनमा उत्रने केन्द्रीय उपाध्यक्ष वर्माले बताए ।

वर्माका अनुसार देशभर ११ हजारभन्दा बढी ग्रील उद्योग रहेका छन् । ग्रील उद्योगमा करिब एक लाख ६० हजार श्रमिकले रोजगारी पाएका छन् ।

नेपालमा ग्रील व्यवसायले मात्रै वार्षिक ५० अर्बभन्दा बढीको ग्रीलजन्य सामग्रीहरुको उत्पादन गर्दै आएको अवस्था छ ।

यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?