National life

चिनियाँ गिरोहको आपराध अपराध धन्दा : सुन तस्करीदेखि अनलाइन ठगीसम्म

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ भदौ २०८०, शुक्रबार
684Shares
चिनियाँ गिरोहको आपराध अपराध धन्दा : सुन तस्करीदेखि अनलाइन ठगीसम्म
ncell

काठमाडौं । नेपालमा चिनियाँ आपराधिक गिरोहले भिन्नभिन्न स्वरूपमा अपराध धन्दा सञ्चालन गर्दै आएको पाइएको छ । गिरोहले सुन तस्करीदेखि म्याच फिक्सिङ, कल बाइपास, मानव तस्करी, एटिएम तोडफोड, अनलाइन ठगी, विदेशी मुद्राको अवैध कारोवारसमेत गर्दै आएको पाइएको हो ।

पछिल्लोपटक राजस्व अनुसन्धान विभागले साउन ३ गते ६० किलो सुन तस्करीमा पनि चिनियाँ गिरोह संलग्न रहेको र गिरोहले नेपाल हुँदै भारतमा सुन पुयाएको पुष्टि भइसकेको छ । पछिल्लो पटक चिनियाँ आपराधिक गिरोहको अपराध धन्दा फैलिएको महसुस प्रहरीले पनि गरेको छ,ु प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन् ।

यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही चिनियाँ आइटी क्षेत्रमा काम गर्ने भन्दै बस्छन् । त्यसपछि उनीहरू सुन तस्करी, कलवाइपास, म्याच फिक्सिङजस्ता धन्दामा सक्रिय हुन्छन् ।

प्रहरीको पछिल्लो तथ्यांक हेर्दा आर्थिक वर्ष २०७९र८० मा नेपालमा ४२ चिनियाँ पक्राउ परेका छन् ।

त्यसैगरी आव २०७८र७९ मा १३ र २०७७र७८ मा १६ जना चिनियाँ पक्राउ परेका छन् । उनीहरू सबै कल बाइपास, एटिएम तोडफोड, म्याच फिक्सिङ, विदेशी मुद्राको अवैध कारोबार र सुन तस्करी अभियोगमा पक्राउ परेका हुन् । यो समाचार नागरिक दैनिकमा छ ।

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?